Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘फल्ट’ बन्ने, को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/31
 
निर्देशक सुवास जिसीको निर्देशनमा ‘फल्ट’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । निर्देशक जिसीले फिल्मले समाजमा आफूलाई सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई विषयबस्तु बनाएको बताए ।
 
इञ्जोय मुभिजको ब्यानरमा बन्न लागेको यो फिल्ममा सन्तोष काफ्ले निर्माता छन् । फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन् ।
 
फागुनको पहिलो साताबाट फ्लोरमा जाने फिल्ममा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ । 
 
इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने फिल्म २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ । 
 
कार्यक्रममा पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले फिल्मलाई शुभकामना दिएका थिए । 
Most Visited News (monthly)