Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेर्नुहोस् ‘शत्रु गते’ को नयाँ गीत, पल र आँचलको मिलेको केमेष्ट्री (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/31
 
चकलेटी ब्वाई पल शाह र आँचल शर्मा स्टारर फिल्म ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक भएको छ । बुधवार युट्युब मार्फत ईन्टरनेट रिलिज गरिएको ‘पिरतीको बर्को’ गीतले प्रेमभाव बोल्छ । जहाँ पल र आँचल फिचरिङमा छन् । 
 
काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । गीतका शब्दहरु निकै रमाइला छन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । पल र आँचलको केमेष्ट्री सुहाएको छ । भिडियोका कोरियोग्राफर प्रविन सिंह हुन् । 
 
फिल्ममा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको पनि प्रमुख भूमिका छ । 
 
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’ लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
 
भिडियो :-

 
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । 
 
चैत ९ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म क्षेत्र र दर्शकमा उत्साह देखिएको छ । मल्टिस्टार कलाकार भएका कारण पनि यो फिल्म हिट हुने अड्कल काटिएको छ ।
Most Visited News (monthly)