यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ ले आफ्नो प्रचार-प्रसारलाई तिव्रता दिइरहेको छ । फिल्म यूनिटले राजधानीमा सञ्चालित सफा ट्याम्पूहरुमा पनि फिल्मको पोष्टर टाँसेर पब्लिसिटीमा कमी हुन दिएको छैन ।
यस्तै, महजोडीका बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले फिल्मलाई शुभकामना दिँदै नेपालमा ‘शेरबहादुर’ जस्तो फिल्म बन्न सकेकोमा खुसी व्यक्त गरे ।
मदनकृष्ण र हरिबंश भन्छन्, ‘फिल्मका निर्माता गौरी शंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्ष देखि लगातार सक्रिय छन् । अनुभवको हिसाबले ४ दशक पार गरिसकेका गौरी शंकरले निर्माण गरेको ‘शेरबहादुर’ नेपाली दर्शकहरुका लागि एक अब्बल फिल्म हुनेछ ।’
हास्कलाकार द्वय दीपकराज गिरी र दीपाश्री निरौलाले पनि राम्रो फिल्मको प्रतिक्षामा रहेका दर्शकहरुले ‘शेरबहादुर’ हेर्दा राम्रो हुने बताएका छन् ।
.jpg)
फिल्म ‘शत्रु गते’ का निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले आफूले कहिल्यै निर्माण गर्न नसकिने जनराको फिल्म ‘शेरबहादुर’ रहेको बताए । उनी भन्छन्, ‘नेपाली फिल्म राम्रा हुँदैनन् र नेपाली फिल्म हेर्नै मन लाग्दैनन् भने दर्शकहरुले एक पटक ‘शेरबहादुर’ हेर्न आग्रह गर्छु ।’
फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ ।
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । फिल्ममा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।
भिडियो :-
‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् । यो फिल्मको लगभग ८० प्रतिशत छायांकन एक भब्य सेट खडा गरेर खिचिएको हो ।

