हिन्दी फिल्म इन्डस्ट्रीले कमाईको कयौं ठूला बाधा गएको वर्ष तोड्यो । केही समय अगाडिसम्म कुनै पनि फिल्मको सफलताको मापन सय करोड कलेक्सनलाई मान्ने गरिन्थ्यो । अब यो बेन्चमार्क धेरै पछाडि छुट्दै गएको देख्न सकिन्छ ।
ठूला स्टारका फिल्मले सय करोडको विजनेश गर्नु अब सामान्य हुँदै गएको छ । अब फिल्मको सफलताको नयाँ बेन्चमार्क तीन सय करोड बन्न थालेको छ ।
फिल्मको बजेट अब ७०-८० करोड
हिन्दी फिल्मको बढ्दो बजारका बीच ठूला स्टारको सय करोड क्लबमा इन्ट्री हुने फिल्मको मार्केट कम मुनाफा कमाउने फिल्मको रुपमा हेर्न थालिएको छ । यसको कारण स्पष्ट छ । खासमा ठूला भनिएका बलिउड स्टारका फिल्मको बजेट ७० देखि ८० करोडसम्म हुने गर्छ ।
फिल्म निर्माणभन्दा धेरै पैसा त निर्माताले कलाकार र फिल्मको प्रमोशनमा राख्नु पर्छ । फिल्मको नयाँ बजार अब बक्स अफिस मात्र होइन, ओभरसिज विजनेश पनि हो । जसको लोकप्रियता भारतसँगै अन्य देशमा पनि राम्रो छ, ती कलाकारमाथि ठूलो रकम खन्याउन निर्माताहरु हिचकिचाउँदैनन् ।

चीनको बक्स अफिसमा आमिर खानको जादू
यसको ज्वलन्त उदाहरण हालैमा 'सिक्रेट सुपरस्टार' को चीनमा भएको बम्पर कलेक्सनलाई हेर्न सकिन्छ । 'सिक्रेट सुपरस्टार' एक्लैले चीनको बक्स अफिसमा ४ सय २० करोडको कलेक्सन गरेको छ । भारतमा भने यो फिल्मले राम्रो पैसा कमाउन सकेको थिएन ।
इन्डस्ट्रीका जानकारका अनुसार, आमिर लामो समयदेखि चीनमा आफ्नो बलियो बजार बनाउन कडा मिहिनेत गरिरहेका छन् । एकसमय शाहरुख खानका फिल्मले यूरोपियन देशमा सफलता हासिल गर्ने गर्दथे ।
भारतको बजारमा सलमानको कब्जा
बलिउड सुपरस्टार सलमान खानका फिल्मले भारतमा कमाईको नयाँ रेकर्ड बनाउँदै गएका छन् । हालैमा रिलिज भएको 'टाइगर जिन्दा हे' ले बक्स अफिसमा आफ्नो रिलिजको ६ हप्तामा करीब ३ सय ३६ करोडको विजनेश गरिसकेको छ ।
अहिले पनि यो फिल्म सिनेमा घरहरुमा चलिरहेको छ । 'पद्मावत' कयौं राज्यमा ब्यान्ड हुँदा यो फिल्मलाई ठूलो फाइदा भएको छ ।
'पद्मावत' को रेस जारी
'पद्मावत' लाई लिएर ट्रेड एनालिस्टको अनुमान छ कि यो फिल्मले ३ सय करोडको बेन्चमार्क सजिलै छुनेछ । यो फिल्मले अहिलेसम्ममा १ सय १५ करोडभन्दा बढी आम्दानी गरिसकेको छ । 'पद्मावत' को कमाईले रणवीर र दीपिका दुवैका लागि भविष्यमा अरु पनि ठूला फिल्मको ढोका खोल्नेछ ।
अब तीन सय करोड 'बेन्चमार्क '
ट्रेड एनालिस्ट अतुल मोहनले हालैमा आफ्नो एक इन्टरभ्यूमा ठूला स्टारका लागि सय करोड अब गणना नहुने बताएका छन् । उनले भने, 'सय करोड अब बलिउडका लागि बेन्चमार्क रहेन । रिलिजको पहिलो विकेन्डमा नै फिल्मले सय करोडको कलेक्सन गर्ने गर्छन् । अब बलिउड फिल्मलाई ३ सय करोड बेन्चमार्क बन्न थालेको छ ।'

