Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज अगावै ‘कान्छी’ गीतलाई करोड दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2018/01/31
पछिल्लो केही वर्षयता नेपाली फिल्मका गीतसंगीतले बजारमा एकलौटी कब्जा जमाएका छन् । अहिले नेपाली फिल्मका गीत युट्युबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भएको छ । यस्तै, पछिल्ला केही महिनायता सबैभन्दा बढी घन्किएको गीत हो, ‘चरी चट्ट परि भुरुरु’ । 
 
 
फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ मा समावेश यो गीतले युट्युबमा नयाँ रेकर्ड राखेको छ । फिल्म रिलिज अगावै यो गीत युट्युबमा एक करोड भन्दा बढी पटक हेरिएको छ ।
 
गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । त्यसैले पनि ‘कान्छी’ को व्यापारिक सफलताको लागि यो गीतले ठूलो अर्थ राखेको छ ।
 
‘चरि चट्ट परि’ लाई युट्युबमा ५६ लाख लाइक्स र साढे ३ हजार बढी कमेन्ट मिलेको छ । कमेन्टमा अधिकांशले गीतसँगै दयाहाङ राई र श्वेता खड्काको केमेष्ट्रीको तारिफ गरेका छन् । राजनराज सिवाकोटीको संगीत र शब्द रहेको यो गीतमा राजन र गायिका अन्जु पन्तको स्वर छ ।
 
‘कान्छी’ लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । 
 
शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।
 
भिडियो :-

Most Visited News (monthly)