मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन बन्दैछन् दयाहाङलाई अनमोल र प्रदीप बाधक ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/30
‘मस्ट डिमान्डेड’ एक्टर भएपनि बक्स अफिसमा विक्न छाडेका नायक हुन् दयाहाङ राई । जसरी उनले लगातार फिल्महरु गरिरहेका छन् त्यसरी नै कलेक्सनको मामलामा उनी कमजोर साबित भइरहेका छन् । यस वर्ष प्रदर्शनमा आएका फिल्महरु मध्ये ‘मिस्टर झोले’ ले मात्र उनलाई राहतको सास फेर्न दियो । अन्य फिल्म त हलमा लागेको र उत्रिएको समेत पत्तो भएन । 
 
अब उनलाई सबैभन्दा ठूलो आश फिल्म ‘कान्छी’ माथि छ । दुई गीत र ट्रेलरले बनाएको हाइप हेर्दा लाग्छ यो फिल्मले बक्स अफिसमा राम्रै पैसाको भेला बगाउनेछ । तर, पछिल्लो समय दयाहाङको बाटोमा दुई युवा स्टार अनमोल केसी र प्रदीप खड्का तगारो बनिरहेका छन् ।
 
 
‘कान्छी’ ले सुरुमा घोषणा गरेको माघ २६ मा ‘कृ’ भिड्न आयो । ‘कान्छी’ फागुन ४ मा पुग्यो ।  चैत ३० मा प्रदीपको फिल्म ‘लिलिबिली’ आउँदैछ । यो मितिमा दयाहाङको ‘नेप्टे’ पनि छ । बलिउड फिल्म ‘२.०’ का कारण प्रदीप बैशाख १४ मा पुगेपछि ‘नेप्टे’ चैत ३० मा आएको थियो । अब फेरि ‘लिलिबिली’ पुरानै मितिमा फर्किएको छ अर्थात्, चैत ३० मा । 
 
लाग्छ, अहिले दयाहाङका लागि अनमोल र प्रदीप बाधक बनिरहेका छन् । कहिले जुध्न अनमोल आउँछन् त कहिले प्रदीप । के अब चैत ३० मा प्रदीपसँग दयाहाङको महासंग्राम होला ? हेर्न बाँकी छ । 
 
‘दिन दुई गुणा अनि रात चौगुना’ चम्किरहेका अनमोल र प्रदीपको अगाडि दयाहाङको घट्दो लोकप्रियता ‘बालुवामा पानी हाले झैँ’ हुनजान्छ । यसकारण पनि यी दुई युवा स्टारसँग प्रतिस्पर्धा गर्नु भनेको अहिलेको अवस्थामा दयाका सामुन्ने चुनौतीको पहाड खडा हुनु हो ।