मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(151 votes, avg 4.89/5.00)
Text size:-
+
-

‘महिला’ बनाउन दिइने तालिम बन्द गरियोस् : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/30
 
अभिनयमार्फत महिला मुक्तिको वकालत गरिरहेकी नायिका रेखा थापा यतिबेला वास्तवमै छोरीहरुका निम्ति मैदानमा उत्रिएकी छिन् । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ सँग पनि जोडिएकी नायिका थापा विभिन्न जिल्लामा गएर महिलामाथि हुँदै आएका विभेद, हिंसा विरुद्धका विषय एवं महिला सशक्तिकरणको विषयमा आवाज उठाउँदै आएकी छिन् । 
 
हालैमा उनले आफ्नो आधिकारिक फेसबुकमा एक स्टाटस लेख्दै समाजले महिला बनाउन दिने तालिम बन्द गर्न आग्रह गरेकी छिन् । उनी लेख्छिन्, ‘छोरीको परिचय कसैसँग जोडिएर सुरुवात हुन्छ वा उनी आफैँमा पूर्ण मानव हुन् ? एउटा पुरुष सन्तान जन्मदेखि मृत्‍युसम्म एउटा परिचय र पहिचानको सुविधा बाँच्न पाइरहँदा, सोही घरकी छोरीले आफ्नो परिचय बनाउँदै-भत्काउँदै गर्नु पर्ने किन हुन्छ ?  के परिचयको समर्पण र त्याग छोरीको निम्ति अपरिहार्य आवश्यकता हो ?’
 
उनी जन्मदर्ताको किताब, विद्यालयको भर्ना, योग्यताको प्रमाण, नागरिकतामा उल्लेखित नाम-थर र सवारी चालक अनुमती पत्रमा भएको नाम भत्काउन जरुरी रहेको औंल्याउँछिन् ।
 
उनी अगाडि लेख्छिन्, ‘विवाह र परिवार रुपी संस्थाको हिस्सा बन्नको निम्ति छोरीको परिचय भत्किनु उपलब्धी हो ? महिला बन्ने योग्यता भित्र त्याग अर्थपूर्ण गुण हो ? पटक-पटक बन्नु र भत्किनु पर्ने यो लीला भित्र हामी छोरीको जन्म संगत स्व-अस्तित्व देख्छौ ? छैन, किनकी अहिले छोरी भएर जन्मने, हुर्किने र शिक्षित हुने विद्यालयको पाठ्यक्रम उनिहरुको स्व-अस्तित्व मार्ने ढाँचामा बनेको छ ।’ 
 
 
‘छोरी भएर जन्मिने हरेक मानवले गुज्रिनु पर्ने बाटो जन्जालको छ । बुहारी, आमा र महिला सदस्य हुनु पहिले एउटा छोरीले त्यति अवरोध र अनुभव झेल्नै पर्छ जति एक पुरुषले जीवनकाल भर भोग्नु पर्दैन । समाजले महिला बनाउन तालिम दिने गरि तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुञ्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर हुने छैनन् । सामाजिक पृष्‍ठभूमिमा हामी समानताको खेल खेल्न सक्छौ त ? विचार गर्न जरुरी छ कि जन्मदेखी मृत्‍युसम्म छोरीको नाम-थर उही किन हुन सक्दैन ?’ रेखा फेसबुकमा प्रश्न गर्छिन् ।