मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डले गर्‍यो अस्वस्थ चलचित्रकर्मीलाई सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2018/01/30
चलचित्र विकास बोर्डको ‘चलचित्रकर्मी कल्याणकारी कोष’ बाट चलचित्रकर्मीहरुलाई सहयोग गरिएको छ । बोर्डकी नवनियुक्त अध्यक्ष निकिता पौडेलले सोमबार वरिष्ठ कलाकर्मी हरिप्रसाद रिमाल, फिल्म लेखक मौनता श्रेष्ठ र वृद्ध अभिनेता जयनेन्द्र चन्द ठाकुरलाई निवासमै पुगेर चार महिनाको मासिक भत्ता प्रदान गरिन् ।
 
बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिनादेखि चलचित्रकर्मीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । यस्तै, मिर्गौला रोगबाट पीडित वरिष्ठ मेकअप आर्टिस्ट इन्द्र लामालाई पनि बोर्डको ‘चलचित्रकर्मी कल्याणकारी कोष’ बाट भत्ता तथा सहयोग रकम उपलब्ध गराइएको छ । 
 
 
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको समन्वयनमा बोर्ड अध्यक्ष पौडेलसहितको टिमले लामाको उपचारका लागि १ लाख सहयोग प्रदान गरिएको हो । बोर्ड अध्यक्ष निकिताले फिल्म क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने चलचित्रकर्मीहरुको सम्मान, सहयोग र सद्भावलाई आत्मसाथ गर्दै आफू अगाडि बढ्ने प्रतिवद्धता जनाएकी छिन् । 
 
बोर्ड अध्यक्षमा नियूक्त भएपछि चर्को आलोचना खेपेकी अध्यक्ष पौडेल यतिबेला भने सर्वत्र तारिफकी पात्र बनिरहेकी छिन् । उनकै सक्रियतामा हालैमात्र बैशाख १ गतेदेखि नेपालमा बक्स अफिस लागू गर्ने निर्णय भएको छ ।