मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोष्टरमा यस्तो छ शुशिलको ‘तुवाँलो’

फिल्मीखबर, काठमाडौं, 2018/01/30
 
'आगो' नायक शुशिल क्षेत्री स्टारर फिल्म ‘तुवाँलो’  को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती यो फिल्मले दलित समुदाय भित्रको दलित र भेदभावको कथा बोल्छ । 
 
निर्माता गिरी प्रसाद सुनारका अनुसार, फिल्ममा बैदेशिक रोजगारको कथालाई पनि समेटिएको छ । दिपक परियारको निर्देशन रहेको ‘तुवाँलो’ मा शुशिलका अलावा पुजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरी प्रसाद सुनार, भिमसेन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
 
फिल्मलाई भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।