Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातको ‘हैरान’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/29
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘हैरान’ को प्रदर्शन मिति कन्फर्म भएको छ । वर्ष २०७५ को जेष्ठ ४ मा फिल्म देशव्यापी रिलिज हुने निर्माण कम्पनी डान्स फेभरले जनाएको छ । राजधानीका लागि माधव वाग्ले र मोफसलका लागि मनोज राठीसँग फिल्म वितरणको सम्झौता भएको कार्यकारी निर्माता सम्झना पोखरेलले बताएकी छिन् । 
 
कमेडी जनरामा तयार पारिएको फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 
 
 
फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द्व चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको रहेको छ । 
 
फिल्मका नायक गजित विष्टले ‘हैरान’ लाई रमाइलो बनाउने प्रयास गरिएको बताए । उनले भने, ‘सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरेका छौं । यसमा मेरो क्यारेक्टर फिल्मको पछाडि लाग्ने युवाको छ, जसलाई फिल्ममा देखिने ठुलो चाहना हुन्छ । फिल्ममा मैले आफ्नो भूमिकालाई निभाउन कुनै कसर बाँकी राखेको छैन ।’ 
 
फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ । 
Most Visited News (monthly)