मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्णप्रिय छन् ‘लम्फू’ का गीतहरु (अडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/29
 
वर्ष २०७५ बैशाख २८ मा रिलिज हुन लागेको फिल्म ‘लम्फू’ का अडियो गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक चारवटा गीतमा चर्चित संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ भने गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।
 
‘यो फिल्मको संगीतमा संगीतकारको एक पूर्ण प्याकेज पाईन्छ । चारवटै गीत कथामा बसेर बनाईएको छ तर कथा भन्दा बाहिर बसेर हेर्दा पनि यि सबै गीतहरु अर्थपुर्ण लाग्छन्’, फिल्मका गीतको संगीतका बारेमा बोल्दै संगीतकार पोखरेलले भने, ‘फिल्मका निर्देशक तथा निर्माताको सोचअनुसार नै मैले संगीत भरेको छु’ ।
 
'सँगै जिउने सँगै मर्ने', 'तिम्लाई भुलेर', 'दोधार दोधारमा' र 'सुको छैन यार' बोलका गीत 'लम्फू'मा समावेश छन् । फिल्मका गीतले मायाप्रेममा रोमान्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गरेका छन् । 
 
'सँगै जिउने सँगै मर्ने' बोलको गीतमा अप्सरा घिमिरे र शुरेष लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन् । 'तिम्लाई भुलेर' बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् ।
 
'सुको छैन यार' बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, 'दोधार दोधारमा' बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका छन् ।
 
सुन्नुहोस् ‘लम्फू’ का गीतहरु :-
 
 
गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ बाट नव-नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो फिल्ममा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै फिल्ममा डेब्यू गरेकी हुन् ।
 
‘लम्फू’ ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो फिल्म समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए । ‘लम्फू’ लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो फिल्ममा भूपतिको लेखन रहेको छ । 
 
दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’ मा सम्पादन हरि सिलवालको रहेको छ । ‘लम्फू’ को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ ।