Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तमन्नामाथि जुत्ता प्रहार

एजेन्सी, मुम्बई, 2018/01/29
 
‘बाहुबली’ फेम एक्ट्रेस तमन्ना भाटिया हैदराबादको हिमायतनगरमा एक ज्वेलरी शपको उद्घाटनमा पुगेकी थिइन् । त्यही क्रममा उनीमाथि निशाना बनाएर एक व्यक्तिले जुत्ता प्रहार गरेका छन् । तर, तमन्नालाई भने जुत्ता लागेन । 
 
शपका एक कर्मचारीलाई गएर जुत्ता लाग्यो । तमन्ना भाटिया जब शपको ओपनिङ गर्दै थिइन् तब ३१ वर्षिय एक व्यक्तिले उनीमाथि जुत्ता फ्याकेका थिए । पुलिसका अनुसार, अभिनेत्रीलाई तब जुत्ता प्रहार गरिएको थियो जब उनी फ्यानमाझ घेरिएकी थिइन् । 
 
पुलिसले तमन्नालाई भने जुत्ता नलागेको बताएको छ । नारायणगुडा स्टेशनका इन्स्पेक्टर बी रविन्द्रले भने, ‘बीटेकमा स्नातक र मुशीराबादमा बस्दै आइरहेका करीमुल्लाहले तमन्नामाथि निशाना गरेर जुत्ता प्रहार गरेका थिए तर स्टोरका एक कर्मचारीलाई गएर लाग्यो । करीमुल्लाहलाई तुरुन्तै हिरासतमा लिएका छौं ।’ 
 
सोधपुछमा जुत्ता फ्याक्ने व्यक्तिले लगातार तमन्नाको पछिल्ला फिल्मबाट आफू निराश रहेको बताएका छन् । 
Most Visited News (monthly)