मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

‘२.०’ को रिलिज पोस्टपोन्ड, अब प्रदीप आउलान् ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/28
साउथका सुपरस्टार रजनीकान्त र बलिउडका स्टार अक्षय कुमारको फिल्म ‘२.०’ को रिलिज डेट पुनः पोस्टपोन्ड भएको छ । यसअघि बैशाख १ गते अर्थात्, अप्रिल १४ मा प्रदर्शनमा आउने भनिएको यो फिल्म अब २ महिना पछाडि धकलिएको छ । 
 
भारतको चर्चित अनलाइन ‘बलिउड हंगामा’ ले ‘२.०’ को रिलिज पोस्टपोन्ड भएपनि नयाँ प्रदर्शन मिति कन्फर्म नभएको लेखेको छ । उच्च भीएफएक्स प्रविधीका कारण यो फिल्मको आधिकारिक प्रदर्शन मिति तय हुन सकेको छैन । यो फिल्म ब्याक हट्दा नेपाली फिल्मलाई भने अब ठूलो राहत हुने देखिन्छ । 
 
 
चैत ३० गते प्रदर्शनमा आउने भनिएको युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’, ‘२.०’ का कारण बैशाख १४ मा पुगेको थियो । तर, हालसालै युट्युबमा सार्वजनिक भएको ‘इज इट लभ ?’ बोलकोे गीतमा फिल्मको प्रदर्शन मिति राखिएको थिएन । यसकारण यो फिल्म अब चैत ३० गते नै प्रदर्शनमा आउन सक्ने प्रवल सम्भावना देखिएको छ । 
 
‘लिलिबिली’ ले बैशाख १४ छाडे नायिका केकी अधिकारीका लागि भने सुखद हुनेछ । किनकी, उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ ले यो मिति लक गरिसकेको छ । ‘२.०’ का कारण ठूला भनिएका नेपाली फिल्मको रिलिज डेट नराम्रोसँग विग्रिएको थियो ।
 
अब भने वर्ष २०७५ को नयाँ वर्ष नेपाली फिल्मका लागि बाटो खुल्ला भएको छ । जानकारी रहोस्, चैत ३० गते नायक दयाहाङ राई अभिनीत फिल्म ‘नेप्टे’ प्रदर्शनमा आउँदैछ ।