Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिवको फिल्ममा दीलिप र प्रियंका पनि !

फिल्मीखबर, काठमाण्डौ, 2018/01/28
नेपाली फिल्मका ‘ठूल्दाई’ शिव श्रेष्ठको लगानी र अभिनयमा निर्माण हुन लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका वर्षा राउत, नायक द्वय संजोग कोइराला र नरेन खड्का फाइनल भइसकेका छन् । मल्टिस्टार कलाकारको बाहुल्यता रहने फिल्ममा फेरि अन्य कलाकारहरु पनि कन्फर्म भएका छन् । 
 
फागुनबाट औपचारिक रुपमा छायांकन सुरु हुन लागेको फिल्ममा दीलिप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह लगायतका कलाकारहरुको पनि अभिनय रहने स्रोत बताउँछ । अहिलेसम्म दीलिपसँग मात्र औपचारिक सम्झौता भएको खबर छ । 
निर्माता श्रेष्ठले भुवन केसीसँग फोनमा मात्र कुरा गरेका छन् । निरुता सिंह र करिश्मा मानन्धरसँग अब औपचारिक कुराकानी हुने बताइएको छ । खबरअनुसार, यी कलाकारहरु फिल्मको एक गीतमा मात्र देखिनेछन् । निर्माता श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ को एक लोकलय गीतमा पुराना धेरै कलाकारलाई जम्काभेट गराउने तयारीमा छन् । 
 
 
यस्तै, फिल्ममा नायिका प्रियंका कार्की र किरण केसी पनि अनुवन्धित भएका छन् । यस विषयमा निर्देशक दिपेश सापकोटाले कुनै पनि जानकारी दिन चाहेनन् । 
 
निर्देशक सापकोटा भन्छन्, ‘हामीले नारीप्रधान फिल्म बनाउन लागेका हौं । तीनवटा फरक लभस्टोरीलाई फिल्ममा देखाउन खोजिएको छ ।’ फिल्मको मेजर रोलमा वर्षा, प्रियंका र बिष्णु चेम्जोंग रहनेछन् । 
 
शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले फिल्मको कथा लेखेका हुन् । 
Most Visited News (monthly)