Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा कमब्याक गर्ने सोचमा सुष्मिता

एजेन्सी, मुम्बई, 2018/01/28
 
पूर्व मिस यूनिभर्स सुष्मिता सेनले फिल्ममा कमब्याक गर्न चाहेको बताएकी छिन् । सुष्मिताको लास्ट फिल्म 'नो प्रोब्लम' थियो, जुन सन् २०१० मा रिलिज भएको थियो । करीब सात वर्षदेखि पर्दाबाट टाढा रहेकी सेनले कमब्याकका लागि एउटा राम्रो स्क्रिप्टको खोजिरहेको बताइन् । अहिले उनी एक स्क्रिप्ट अध्ययन गरिरहेकी छिन् । 
 
मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भनिन्, 'म गएको डेढ वर्षदेखि पटकथाहरु हेरिरहेको छु । मलाई लाग्छ कि म आफ्नो जिन्दगीको ६ महिना एक फिल्मका लागि दिन तयार छु । तर, यसका लागि एउटा राम्रो पटकथा पनि तयार हुन आवश्यक छ ।' 
 
वर्ष १९९४ की मिस यूनिभर्स अगाडि थप्छिन्, 'मेरो सबैभन्दा ठूलो महत्वाकांक्षा स्टार बन्नका लागि होइन मात्र मेरा प्रशंसकहरुसँग नजिक हुनका लागि मात्र हो । म प्रशंसकहरुसँग नजिक हुन विभिन्न बाटो निकाल्ने गर्छु । म आभारी छु कि भगवानले मलाई अभिनेत्री बन्ने मौका दिए ।' 
Most Visited News (monthly)