Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम गर्नेहरुका लागि ‘पटुकी’ : रजनी केसी

फिल्मीखबर, काठमाण्डौ, 2018/01/27
 
माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’ प्रेम गर्नेहरुका लागि उपयूक्त हुने नायिका रजनी केसीले बताएकी छिन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘पटुकी’ आफ्ना लागि ‘परदेशी’ पछिको आशातित फिल्म रहेको पनि बताइन् । उनले भनिन्, ‘पटुकी’ मा मैले काम गर्न चाहेको भूमिका निर्वाहा गरेको छु । फिल्म राम्रो बनेको छ । दर्शकको साथ मिल्नेमा ढुक्क छु ।’ 
 
उनले आफू अभिनीत फिल्म बक्स अफिसमा हिट हुनु वा नहुनुले आफ्नो करिअरलाई असर नगर्ने पनि बताउँछिन् । पत्रकारको प्रश्नमा उनले भनिन्, ‘म सधै आफ्नो भूमिका हेर्छु । मैले आजसम्म जति पनि फिल्म गरेँ त्यसबाट म निकै खुसी छु । किनभने, त्यो मेरो निर्णय थियो । फिल्म हिट वा फ्लप मेरो लागि त्यो महत्वपूर्ण रहँदैन ।’ रजनी, ‘पटुकी’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा विश्वस्त देखिन्छिन् । 
 
निर्माता एवं कलाकार म्याक्टेन कालु भन्छन्, ‘फिल्ममा नारीप्रधान कथा समेटिएको छ । दर्शकले हाँसोसँगै सामाजिक सन्देश पनि पाउनुहुनेछ ।’ 
 
यस्तै, नव-नायक जेम्स विसी फिल्मको कथावस्तुबाट आफू प्रभावित भएको सुनाउँछन् । उनी भन्छन्, ‘हामीले जस्तो सोचेका थियौं फिल्म पनि सोही अनुसार बनेको छ । एक्सन, रोमान्स, विछोड, रोदन जस्ता सबै कुरा ‘पटुकी’ मा छ ।’ 
 
फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस फिल्मका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । 
 
‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । फिल्मका निर्देशक राम नेपाल हुन् । 
Most Visited News (monthly)