Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो ट्रेलरमा हेर्नुस् ‘साढे ७’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/27
 
२०७२ साल असोजमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कथामा निर्माण भएको फिल्म ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । गायक समेत रहेका सत्यराज आचार्य फिल्मका लिड कलाकार हुन् । कथा 'रिभिल' नगरिए पनि ट्रेलरमा सबै पात्रलाई तनावमा देख्न सकिन्छ । 
 
सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा ‘साढे ७’ निर्माण गरेको हो । फागुन ११ गते प्रदर्शनमा आउन लागेको यो फिल्मका निर्देशक साम्तेन भुटिया हुन् । 
 
फिल्ममा सत्यका अलावा मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । फिल्ममा सत्यराज आचार्यले फोटो पत्रकारको भूमिका निर्वाहा गरेका छन् । फिल्ममा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायांकन छ । 
 
अन्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टन्डन र विशाल चाम्लिङ फिल्मका सह-निर्माता हुन् । फिल्मका प्रस्तुतकर्ता चर्चित कलाकार सुनिल थापा हुन् । राजनीतिक आन्दोलनको रिपोर्टिङका लागि तराई पुगेको एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्वन्द्व फिल्मको कथावस्तु हो । 
 
ट्रेलर :-

 
Most Visited News (monthly)