मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबिङमा ‘शत्रु गते’, गीत जस्तै फिल्म होला हिट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/26
‘रुपै मोहनी’ बोलको गीतका कारण प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘शत्रु गते’ को यतिबेला धमाधम डबिङ भईरहेको छ । मल्टिमेट प्रोडक्सनमा फिल्मका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार आफ्नो भागको डबिङ सकाएका छन् । 
 
मदनकृष्णसँगै किरण केसीले पनि आफ्नो केही सिनको डबिङ सकाएका छन् । यसअघि नै पल शाहले आफ्नो ७० प्रतिशत डबिङ सकाईसकेका छन् । दीपाश्री निरौलाले पनि आफ्नो डबिङ भ्याइसकेकी छन् । अब आँचल शर्मा, प्रियंका कार्की, शिवहरि पौडेल र दीपकराज गिरीको स्वरांकन हुन बाँकी छ । 
 
 
फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् । 
 
हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । फिल्ममा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।
 
नेपाली फिल्म नगरीमा हरिवंश, दीपक र पललाई तिन पुस्ताको रुपमा हेर्ने गरिन्छ । तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्मलाई चैत्र ९ गते प्रदर्शनमा ल्याइदैछ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’ लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।
 

गीत हेर्नुहोस् :-