मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जाडोमा बोल्ड वर्षा (फोटो फिचरसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/26
 
काठमाडौँमा ज्याकेटले पनि जाडो थाम्न मुश्किल परिरहेको काठमाडौँवासीलाई अवगत छ । यस्तो जाडोमा पनि आफूलाई 'हट' देखाउनुपर्ने बाध्यता छ, हिरोइनहरूलाई । 
 
 
धेरैजसो हिरोइनका लागि जाडो याम सबैभन्दा अप्रिय मौसम होला । किनभने जाडोमा ओठ फुट्ने, गाला फाट्ने, छाला फुस्रिनेजस्ता समस्या त छँदैछ । त्यसमाथि पातलो र छोटो लुगा लगाएर आफ्ना अंगहरु ‘एक्सपोज’ गर्न पनि मिल्दैन । त्यो भनेको उनीहरुको यौवन छोपिनुसरह हो ।
 
 
बिहीवार काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका वर्षा सिवाकोटीको पहिरनको खुबै चर्चा भयो । हुनत, नेपाली नायिकाहरु प्रायः पहिरनकै कारण मिडियाको लाइमलाइटमा पर्ने गर्छन् । फिल्म 'रानीमहल' को घोषणा सभामा वर्षा निकै 'हट' भएर उपस्थित भएकी थिइन् । उनको पहिरन हेर्दा लाग्थ्यो काठमाडौं यतिबेला गर्मीको रापमा बाफिएको छ । 
 
 
प्रायः फिल्मको कार्यक्रममा सिम्पल पहिरनमा पुग्ने वर्षालाई खोई जाडोमा किन यति बोल्ड हुने रहर जाग्यो ? सायद उनी अब परिवर्तन हुन चाहन्छिन्। पत्रकारको एक प्रश्नमा उनले भनिन्, 'यहाँ सबैजना यति राम्रा-राम्रा व्यक्तिहरु हुनुहुन्छ त्यसैले आफू पनि राम्री हुन मन लाग्यो ।' वर्षाको फिल्म 'रानीमहल' मा लिड रोल छ । 
 
 
लगातार फिल्म गरिरहे पनि खासै सफलताको झण्डा फहराउन नपाएकी वर्षालाई यो फिल्मबाट ठूलो आश छ । हालैमात्र उनले 'भैरे' नामक फिल्मको काम सकाएकी छिन् । 'नाई नभन्नू ल २' बाट नेपाली रजतपटमा भित्रिएकी उनले 'पशुपतिप्रसाद', 'लप्पन छप्पन', 'सुब्बा साब' जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् । 
 
तश्बिर : विवेक बस्याल