मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्टूडेन्ट अफ द ईयर २’ पोष्टरमा टाइगरको ‘बागी’ अवतार

फिल्मीखबर, मुम्बई, 2018/01/26
बलिउड एक्टर टाइगर श्राफको नयाँ फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा टाइगरको ‘बागी’ अवतार देख्न सकिन्छ । खुल्ला सर्टमा उनको सिक्सप्याक शरीरलाई पोष्टरमा आकर्षक तरिकाले देखाइएको छ । यस्तैमा यो फिल्मको रिलिज डेट पनि घोषणा गरिएको छ । 
 
धर्मा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मलाई वर्ष २०१८, २३ नोभेम्बरमा रिलिज गर्ने निर्णय गरिएको छ । ‘स्टूडेन्ट अफ द ईयर २’ मा टाइगर श्राफ लिड रोलमा देखिँदैछन् । चंकी पान्डेकी छोरी अनन्या पान्डेपनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । 
 
 
‘स्टूडेन्ट अफ द ईयर’ २०१२ मा आएको थियो । यसलाई करण जोहरले निर्देशन गरेका थिए । यो फिल्मबाट सिद्धार्थ मल्होत्रा, वरुण धवन र आलिया भट्टले बलिउडमा डेब्यु गरेका थिए । 
 
पहिला खबर बाहिरिएको थियो कि मिस वर्ल्ड मानुषी छिल्लर फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । तर, निर्माता करणले यो खबर झुट रहेको बताएका छन् । 
 
यो फिल्मका निर्देशक पुनीत मल्होत्रा हुन् । पुनीतले यसअघि 'आई हेट लव स्टोरीज' र 'गोरी तेरे प्यार में' निर्देशन गरेका थिए ।