मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाको ‘रानीमहल’ घोषणा, प्रशान्त फेरि भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2018/01/25
 
अन्ततः लामो समयको चर्चापछि फिल्म ‘रानीमहल’ निर्माण हुने भएको छ । नायक द्वय प्रदीप खड्का र पल शाहले काम गर्न अस्वीकार गरेपछि दुई नयाँ नायकलाई अनुवन्धित गर्दै बिहीवार काठमाडौंको पाँचतारे होेटल अन्नपूर्णमा फिल्मको शुभ मुहूर्त गरियो । 
 
हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्मको माघ तेस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्ममा वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मका निर्माता बिमल भुसाल हुन् । 
 
'स्वस्तिक फिल्मस्' को ब्यानरमा बन्ने यस फिल्मबाट आशिष, साहिल र मानस्वी नेपाली रजतपटको आकाशमा उदाउँदैछन् । फिल्मका निर्देशक न्यौपानेले ‘रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताए । 
 
 
उनले भने, ‘नामले फिल्म दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा फिल्म दरबार वा यसको सेरोफेरोको कथाबाट टाढा छ । यो एक विशुद्ध त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म हो ।’ उनले यसअघि प्रदीप र पललाई फिल्म अफर गरेको पनि स्वीकार गरे । 
 
नायिका वर्षा सिवाकोटीले फिल्मको कथा औधी मन परेका कारण काम गर्न लागेको बताइन् । यस्तै, ‘ऐश्वर्य’ का भिलेन प्रशान्तले ‘रानीमहल’ मा आफ्नो भूमिका खोजे जस्तै रहेको बताए । उनले भने, ‘दर्शकले अब मबाट झन राम्रो काम र भूमिकाको अपेक्षा गर्नुभएको छ । त्यसैलाई नै ध्यानमा राख्दै यो फिल्म साइन गरेको हुँ ।’ उनले यो फिल्मका लागि महंगो पारिश्रमिक बुझेको चर्चा छ । 
 
फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्मको सुटिङ बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा हुनेछ । 
 
 
डेढ करोड लगानीमा बन्ने ‘रानीमहल’ मा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ ।