मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

साउन १ गतेदेखि नेपालमा बक्स अफिस लागू हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/01/25
 
चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको बक्स अफिस प्रणाली अब नेपालमा लागू हुने भएको छ । बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको छ । 
 
बैशाख १ गतेबाट परिक्षण गर्ने र साउन १ गतेबाट राजधानी भित्र र माघ १ गतेबाट राजधानी बाहिर बक्स अफिस लागू गरिने बोर्ड सदस्य महर्जनले जानकारी दिए । बैठकले बक्स अफिस जडान गर्ने कम्पनी  ‘व्रेन डिजिट इट सोलुशन’ लाई आवश्यक पर्ने हार्डवेयरका सामान तथा इन्टरनेट सेवा वर्ष २०७४ चैत मसान्त भित्र जडान गर्न निर्देशन पनि दिएको छ । 
 
 
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल द्वारा जारी प्रेस विज्ञप्ती 
 
बक्स अफिस कार्यान्वयन समितीको सदस्यहरुमा प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । केही वर्ष अघिदेखि बक्स अफिस लागू गर्नका लागि माग बढे पनि कार्यान्वयन हुन सकेको थिएन । 
 
सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेका छन् । तर, सिंगल थिएटरमा यो प्रयोगमा छैन । बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ ।