मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पञ्चेबाजा बजाउने सोचमा कर्मा, सौगात भन्छन्- ‘कोसँग बिहे गर्दैछु भन्नु पर्छ र ?’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/25
नेपाली सेलिव्रेटीको लभ लाइफको कुरा आम मानिसका लागि अनौठो पक्कै होइन् । प्रायः प्रत्येक हप्ता नै सेलिव्रेटीहरुको अफयेरको खबरहरु मिडियामा आइरहेको हुन्छ । अहिले कलिउडको 'क्यूट' जोडी नायक सौगात मल्ल र नायिका तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ गहिरो प्रेममा रमाइरहेका छन् । उनीहरु एकअर्काको प्रेम सम्बन्धमा रहेको स्वीकार पनि गर्छन् । 
 
यस्तै, नायक कर्मा शाक्यको पनि केही वर्ष अगाडि नायिका नम्रता श्रेष्ठसँग नाम जोडिएको थियो । तर, यो खबरलाई उनीहरुले झुट भन्दै टारे । 'लुट', 'लुट २', 'लुकामारी' हुँदै फागुन ११ गते रिलिज हुन लागेको फिल्म 'पञ्चेबाजा'मा कर्मा र सौगातले एकसाथ काम गरेका छन् । 
 
 
बुधवार राजधानीमा फिल्मको ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । सौगात र कर्मा दुवै उपस्थित थिए । यस्तैमा पत्रकारबाट ‘रियलमा कहिले बजाउने पञ्चेबाजा ?’ भन्ने प्रश्न आयो । कर्माले उत्तर दिए, ‘म चाहिँ चाँडै बिहे गर्ने सोचमा छु । घरबाट धेरै नै प्रेसर पाएको छ ।’ 
 
नायक सौगातले भने अहिले नै पञ्चेबाजा बजाउने सोचमा नरहेको आशय व्यक्त गरे । उनले भने, ‘म कोसँग बिहे गर्छु भन्ने त सबैलाई थाहा छ । अब बेहुला हुने दिन पनि आउला नी !’ उनी आफ्नो अफयेरको विषयमा धेरै बोल्न नचाहने पनि बताउँदै थिए । 
 
केही दिन अगाडि सौगात अभिनीत फिल्म 'लालपूर्जा' हेर्न उनकी प्रेमिका सृष्टि पनि क्यूज सिनेमा हलमा पुगेकी थिइन् । अहिले यी दुई एउटै गाडीमा समेत यात्रा गर्ने गर्छन् ।