मिति : २०८१ ज्येष्ठ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघले भन्यो- ‘फिल्मको गलत व्यापारिक रिपोर्ट दिन बन्द गर्नुस्’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/25
गएको केही वर्षदेखि प्रायः प्रत्येक हप्ता नेपाली फिल्मले करोड कलेक्सन गरेको खबर सञ्चारमाध्यममा आइरहेका छन् । चाहे हलमा दर्शक हुन् वा नहुन् । राम्रो कलेक्सन रिपोर्ट बताए दर्शकको संख्या बढ्ने लोभका कारण निर्माता स्वयं नै मिडियामा गलत रिपोर्ट दिने गर्दछन् । 
 
निर्माताहरुको भनाईलाई आधार मान्ने हो भने अहिले जस्तोसुकै नेपाली फिल्मलाई पनि करोड कमाउन दुई दिन नै काफी छ । हल सञ्चालक र चलचित्र वितरकहरुको संस्था नेपाल चलचित्र संघले यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
 
बुधवार चलचित्र संघको केन्द्रिय कार्यलय विशालनगरमा बसेको कार्यसमिती बैठकले सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचार झैँ नेपाली फिल्मको व्यापार नभएको निष्कर्ष निकालेको छ । 
 
संघका अध्यक्ष प्रदिप कुमार उदय द्वारा जारी विज्ञप्तीमा हरेक फिल्मले अत्याधिक रुपमा व्यापार गरेको भन्ने गलत समाचारले नेपाली फिल्म क्षेत्रलाई प्रतिकुल असर पर्ने भन्दै यस्ता किसिमका अनर्गल प्रचार-प्रसार तत्काल बन्द गरि सत्य-तथ्य र यथार्थपरक व्यापारिक रिपोर्ट मात्रै सञ्चारमाध्यममा दिन संघका सदस्यलाई आग्रह गरिएको छ । 
 
यस्तै, कार्यसमिती बैठकले संघको ४५ औं बार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।