मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो सौगात र कर्माको ‘पञ्चेबाजा’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/01/24
 
फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नायक द्वय सौगात मल्ल र कर्मा शाक्य स्टारर फिल्म ‘पञ्चेबाजा’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा बदलाको कथा पस्किएको छ ।
 
न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’मा राजेश शाहीको लगानी छ । घनश्याम लामिछाने निर्देशित फिल्ममा सौगात र कर्माका अलावा जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
 
एक गाउँका तीन पात्रको कथा फिल्ममा प्रस्तुत गरिएको निर्देशक लामिछानेले बताए । नायक सौगातले ‘पञ्चेबाजा’ आफूले गर्दै आइरहेको फिल्मभन्दा फरक रहेको बताए । यस्तै, कर्माले कथावस्तु मन परेका कारण फिल्ममा काम गरेको बताउँदै चाँडै रियलमा पनि पञ्चेबाजा बजाउने सोच रहेको खुलाए । 
 
सारा गुरुङ सह-निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ । 
 
भिडियो :-