मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘गरुड पुराण’, प्रियंकाको रोमान्स कोसँग ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/24
फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथामा फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माणपक्षको उपस्थितीमा फिल्मको औपचारिक निर्माण घोषणा गरियो । 
 
बिहीवारबाट छायांकन सुरु हुने यो फिल्म कमेडी जनरामा निर्माण हुनेछ । सुवास कोइराला र सुशन प्रजापतिको संयूक्त निर्देशन रहने फिल्ममा कर्मा शाक्य, प्रविन खतिवडा, कामेश्वर चौरासिया, नाजिर हुसेन, प्रकाश घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ । यसै फिल्ममार्फत नायिकाको रुपमा प्रियंका सिंह ठकुरीले डेब्यु गर्दैछिन् । 
 
 
अजित फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मका निर्मातामा अजित प्रजापति र अशोक गौतम रहेका छन् । कसम नेपालको कथा, सुवास कोइराला, आकाश बराल र विनोद खडिवडाको पटकथा, आकाश बरालको संवाद, कोशिश क्षेत्री र सजित श्रेष्ठको संगीत रहेको ‘गरुड पुराण’ लाई उज्वल ढकालले सम्पादन गर्नेछन् । 
 
कार्यक्रममा बोल्दै कर्माले फिल्मको कथा र टीमले नै आफूलाई आकर्षित गरेर फिल्म गर्न लागेको बताए । उनले भने, ‘कथा राम्रो छ । फिल्ममा मलाई एउटा संघर्षशिल पात्रको रुपमा देख्नु हुनेछ, जो आफ्नो उद्देश्य प्राप्तिमा लागेको हुन्छ ।’ 
 
आभाना प्रोडक्सन प्रस्तुतकर्ता रहेको फिल्मका सह निर्माता अशोक गौतम रहेका छन् । काठमाडौं लगायतका ठाउँमा खिचिने फिल्मका छायाँकार सुशन प्रजापति हुन् ।