Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युट्युवमा ‘आइ एम सरी’ लाई करोड ‘भ्यू’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/24
हलीउड, बलीउड फिल्मका गीतले रिलिज भएको एक हप्ता पनि ननाघ्दै युट्युवमा करोड भ्यू पाउँछन् । अहिले नेपालमा पनि राम्रै बजार पिटेका गीतहरुले युट्युवमा करोड भ्यू पाउनु सामान्य बन्दै गएको छ । 
 
‘पूर्व पश्चिम रेल’, ‘ठमेल बजार’, ‘कुटुमा कुटु’, ‘नाइनलको साडी’, ‘तिमी रोएको पल’ लगायतका नेपाली फिल्मका गीतले युट्युवमा करोड भ्यूअर्स पाइसकेका छन् । फिल्म ‘फाटेको जुत्ता’ मा समावेश ‘आई एम सरी’ बोलको गीतले पनि युट्युवमा १ करोड पटक हेरिने गीतमा समावेश भएको छ ।
 
 
सौगात मल्ल र प्रियंका कार्की फिचरिङ गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । गीतमा सौगातलाई बलीउड स्टार सलमान खानको शैलीमा उतारिएको छ । 
 
अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको 'फाटेको जुत्ता'लाई अर्जुन कुमारले निर्माण गरेका हुन् । कात्तिक १७ गते प्रदर्शनमा आएको कमेडी जनराको यस फिल्ममा निकेश खड्काको निर्देशन छ ।
 
यस्तै, हालैमात्र निर्देशक सुदर्शन थापा निर्देशित तथा नायिका पूजा शर्मा र नायक पल शाह अभिनीत फिल्म 'म यस्तो गाीत गाउँछु'को 'किन आजकाल' बोलको गीतले पनि युट्युवमा करोड भ्यूअर्स पाएको छ । यी दुवै फिल्म हिट फिल्मको सूचीमा सामेल छन् । 
 
भिडियो :-
Most Visited News (monthly)