Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेफ्टा अवार्ड’ को दशौं संस्करण घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/24
 
नेपाली चलचित्र प्राविधिक संघको आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’ को दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ । अध्यक्ष पुष्कर लामाले आफ्नो जन्मदिनमा अवार्ड हुने मिति सार्वजनिक गरे ।
 
पछिल्लो पाँच बर्षदेखि विदेशमा सम्पन्न भएको अवार्ड यो पटक पनि विदेशी भुमिमा नै हुने भएको छ । 
 
उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम सार्वजनिक गरिने लामाले बताए । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म हेर्न सुरु गर्ने छन् । 
 
अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना हुने जनाइएको छ । ‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’
 
दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् । चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरिसकेको छ ।
Most Visited News (monthly)