Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(50 votes, avg 4.76/5.00)
Text size:-
+
-

श्वेता र दयाको ‘कान्छी’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/01/23
 
फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज गरिएको छ । मंगलवार काठमाण्डौको क्यूज हलमा आयोजना भएको कार्यक्रममा फिल्मका कलाकार र निर्माणपक्षको उपस्थितीमा ट्रेलर सार्वजनिक गरियो । 
 
२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको ट्रेलर कलरफूल छ । ‘कान्छी’ लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिल्मका प्रमुख कलाकार हुन् । 
 
यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैंले निर्माण गरेकी हुन् । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् । 
 
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।
 
भिडियो :-

Most Visited News (monthly)