Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फेरि–फेरि’ घोषणा, बाँधियो अर्पण र ऋचाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2018/01/23
 
'आधा लभ', 'चक्कर', 'सुनकेसरी', 'फिर्के' फिल्ममा एकसाथ काम गरिसकेका नायक अर्पण थापा र नायिका ऋचा शर्मा फेरि एकपटक पर्दामा देखिने भएका छन् । 
 
आइतवार अर्पण र ऋचाको मुख्य भूमिका रहने फिल्म ‘फेरि–फेरि’को राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरियो । 
 
पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी जनरामा बन्ने यो फिल्मलाई निर्देशक थापा नारीप्रधान भन्न रुचाउँछन् । 
 
माता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण र ऋचाका अलावा लय संग्रौला, ओमप्रितिक गुरुङ, पुरन थापा, ध्रव कोइराला, धर्मेन्द्र आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
निर्देशक पुरनले नेपालमा पहिलो पटक भित्रिएको रेड इपिक डब्लू हेलियम एट के क्यामेराले ‘फेरि–फेरि’ खिचिने जानकारी दिए । 
सुरेश बज्राचार्यको छायांकन, एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरन बसेलको नृत्य, विकास चौधरी र पुरन थापाको संगीत, विपिन मल्लको सम्पादन रहने फिल्मका गीतमा रामचन्द्र काफ्ले, टीका प्रसाईँ, रनक बस्नेत र एनि श्रेष्ठको स्वर रहनेछ । 
Most Visited News (monthly)