Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामकहानी’मा पूजासँग आकाशको रोमान्स पक्का

फिल्मीखबर, काठमाण्डौ, 2018/01/23
'मधुमास'मा आर्यन सिग्देल, 'प्रेमगीत'मा प्रदीप खड्का र 'म यस्तो गीत गाउँछु'मा पल शाहसँग स्क्रिन शेयर गरिसकेकी नायिका पूर्जा शर्माले नयाँ फिल्ममा रोमान्स गर्ने नायकको नाम बाहिर आएको छ । ‘रामकहानी’ नाम राखिएको फिल्ममा 'म त तिम्रै हुँ'का नायक आकाश श्रेष्ठ अनुवन्धित भएको निकट स्रोतले फिल्मीखबर डटकमलाई जानकारी दिएको छ । आकाशको 'तिमीसँग' नामक फिल्म प्रदर्शनको तयारीमा छ । 
 
कमेडी लभस्टोरी जनरामा निर्माण हुने ‘रामकहानी’मा आकाश, पूजाको अपोजिटमा देखिनेछन् । सुदर्शन थापाको कथा, निर्देशन र निर्माण रहने फिल्ममा पूजाको पनि लगानी रहनेछ । केही महिनादेखि सुदर्शन र पूजा राम्रो नाच्न जान्ने नायकको खोजीमा थिए । 
 
 
फिल्ममा पूजा र आकाशसँगै हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक बुझेको चर्चा छ । 
 
दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ । फिल्मको छायांकन फागुन १ गतेबाट सुरु हुँदैछ । 
Most Visited News (monthly)