Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र सुदर्शनले घोषणा गरे ‘रामकहानी’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/22
यस वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'म यस्तो गीत गाउँछु'का निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । 'म यस्तो गीत गाउँछु २' को कामलाई पोस्टपोन्ड गरेर सुदर्शन र पूजाले संयूक्त रुपमा ‘रामकहानी’ निर्माण गर्ने भएका छन् । फागुन १ गतेबाट फ्लोरमा जाने तयारीका साथ यतिबेला फिल्म युनिट स्क्रिप्टमा छ ।
 
फिल्मीखबर डटकमसँग कुराकानी गर्दै निर्देशक सुदर्शनले भने, ‘कमेडी लभस्टोरी जनरामा फिल्म निर्माण हुनेछ । यतिबेला हामी हिरो खोजिरहेका छौं ।’ सुदर्शन लभस्टोरी फिल्म निर्देशन गर्न माहिर मानिन्छन् । 'मेरो एउटा साथी छ', 'मेरो लभस्टोरी', 'प्रेमगीत' जस्ता फिल्म उनले निर्देशन गरिसकेका छन् । ‘रामकहानी’को कथा लेखन र निर्देशनको जिम्मेवारी सुदर्शन आफैंले सम्हालेका छन् । 
 
 
निर्देशक थापाका अनुसार, फिल्ममा नायिका पूजा शर्मा, हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहनेछ । यो फिल्मका लागि केदारले १० लाख र जितुले ७ लाख पारिश्रमिक बुझेको चर्चा छ । 
 
वर्षौदेखि नायिका शर्मा र निर्देशक थापाको बोन्डिङ गजब छ । पूजाले सुदर्शनका फिल्मभन्दा बाहिरको ब्यानर खासै काम गरेकी छैनन् । हुनत, यो जोडीको फिल्मलाई दर्शकको राम्रो साथ मिल्ने भएका कारण पनि सुदर्शन र पूजाको सम्बन्ध थप मजबूत हुँदै गएको छ । 
 
दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ । फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शनमा ल्याइने निर्देशक थापा बताउँछन् ।
Most Visited News (monthly)