Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वेलकम टू न्यूयोर्क’ को ट्रेलरमा कमेडी नै कमेडी

एजेन्सी, मुम्बई, 2018/01/22
 
पञ्जाबी फिल्म इन्डस्ट्रीका सुपरस्टार दिलजीत दोसान्झ र बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको नयाँ फिल्म ‘वेलकम टू न्यूयोर्क’ को ट्रेलर रिलिज भएको छ । यो एक कमेडी फिल्म हो, जसमा दोसान्झ र सोनाक्षीसँगै करण जोहर, राणा दगुबती, रितेश देशमुख, बोमन ईरानी र लारा दत्ताको पनि मुख्य भूमिका छ । 
 
ट्रेलरमा बलिउड एक्टर सुशान्त सिंह राजपूत पनि देखिएका छन् । ‘वेलकम टू न्यूयोर्क’ यस वर्षको २२ फेव्रअरीमा रिलिज हुँदैछ । फिल्ममा करणले आफ्नो रियल भूमिका निर्वाहा गरेका छन् । लारा दत्ता त्यो म्यानेजमेन्ट कम्पनीकी प्रमुख हुन्छिन्, जसले 'आइफा अवार्ड्स' आयोजना गर्ने गर्दछ । 
 
ट्रेलरमा दिलजीत चुलबुले अन्दाजमा देखिएका छन् । सोनाक्षी सिन्हाको फेशन डिजाइनरको भूमिकामा दिलजीतसँग केमेष्ट्री पनि सानदार देख्न सकिन्छ । चकरी टोलेती निर्देशित ‘वेलकम टू न्यूयोर्क’ खासमा हरेक वर्ष वितरण हुने आइफा अवार्ड्सको समयको कहानी हो । फिल्मका निर्माता वासु भगनानी हुन् ।
 
भिडियो :-

Most Visited News (monthly)