Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको ‘ब्याक टू ब्याक’ फिल्म, रहर कि बाध्यता ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/22
‘दयाहाङ राईजस्तो अभिनेता आधा शताब्दीमा एक पटक मात्र जन्मिन्छ ।’ बरिष्ठ अभिनेता नीर शाहले यो कुरा त्यतिक्कै भनेका होइनन् । ‘अभिनय यसरी मात्र गर्नुपर्छ’ भन्ने पुरानो मानक भत्काएर दयाहाङले ‘अभिनय यसरी पनि गर्न सकिन्छ’ भन्ने बाटो खनेका हुन् । न आर्यन अनुहार न त राजेश हमाल जस्तो बड्डी । दयाहाङले आफ्नो अभिनयबाटै नेपालका स्टार भनिएका कलाकारमाथी धावा बोलेका छन् । 
 
एकाध बाहेक उनले अभिनय गरेका फिल्म खासै उल्लेखनीय छैनन् । तर, व्यस्तता उनकै बढी छ । गएको एक वर्षमा उनी अभिनीत झण्डै १ दर्जन बढी फिल्म प्रदर्शनमा आइसकेका छन् । कहिले त हप्ता ननाघ्दै उनका फिल्म रिलिज हुने गर्छन् । यही कारण उनीलाई अहिलेका राजेश हमाल पनि भन्ने गरिन्छ । अर्थात्, फिल्मको संख्या बढाउने चटारोमा उनले आफ्नो स्तर गुमाउँदै गएका छन् । 
 
‘ब्याक टू ब्याक’ उनी अभिनीत फिल्म हलमा लाग्नुको कारण के होला ? दर्शक यो जान्न व्यग्र प्रतिक्षामा छन् । कतै पैसाका लागि उनले आफ्नो नामको प्रख्यात मुर्ति भत्काउँदै त छैनन् ? 
 
 
यस वर्षको अन्त्यसम्ममा उनको अझै २ फिल्म प्रदर्शनका लागि तयारी अवस्थामा छन् । 'कान्छी' र 'नेप्टे' । हाल उनी अभिनीत नयाँ फिल्म 'मिस्टर झोले' प्रदर्शन भइरहेको छ । केही महिनादेखि लगातार असफलताको मात्र झण्डा फहराइरहेका दयालाई यो फिल्मले भने ठूलो राहत दिएको छ । 
 
नेपालबाटै उक्त फिल्मले आफ्नो लगानी सुरक्षित गरिसकेको छ । केहीदिन अगाडि राजधानीमा आयोजित पत्रकार भेटघाटमा दयाहाङले सम्भवत अर्को वर्षदेखि आफ्नो ‘ब्याक टू ब्याक’ फिल्म नआउने बताए । 
 
उनी भन्छन्, ‘लगातार फिल्म गर्नुको पछाडि मेरो व्यक्तिगत उद्देश्य थियो । कारण के थियो भन्ने कुरा पछि भन्छु । गएको वर्षदेखि यो वर्षसम्म मैले जसको पायो त्यसकै र जस्तो पायो त्यस्तै फिल्म त गरिनँ । समय र टीम मन पर्‍यो भने फिल्म गर्छु भनेर लागेको थिएँ । यसकारण नै मैले ‘ब्याक टू ब्याक’ फिल्म गरेँ । अर्को वर्षदेखि फिल्म छनौटमा एकदम ध्यान दिनेछु ।’ 
 
खबरअनुसार, अहिले दयाहाङ काठमाडौंमा घर बनाउँदैछन् । यही कारण नै उनले पैसाका लागि लगातार फिल्म गरिरहेको निकट स्रोत बताउँछ । लामो समयदेखि उनी अनामनगरमा फ्ल्याट लिएर बस्दै आइरहेका छन् । करीब १ वर्ष अगाडि उनले काठमाडौंमा जग्गा किनेका थिए । 
 
आशा गरौँ- यस वर्षभित्र उनले घर बनाउन लिएको ऋण तिर्नेछन् र अर्को वर्षदेखि पैसाका लागि ‘ब्याक टू ब्याक’ फिल्ममा अनुवन्धित हुने छैनन् । र, दर्शकले पनि उनको अभिनयमा फरक मिठास भेट्नेछन् । 
Most Visited News (monthly)