मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोष्टरमा यस्तो देखियो ‘शेरबहादुर’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/21
 
एक सन्की व्यक्तिको कथामा निर्माण भएको फिल्म ‘शेरबहादुर’ को केही सस्पेन्स-थ्रीलर शैलीका पोष्टर सार्वजनिक भएका छन् । बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘शेरबहादुर’ एक अंग्रेजी फिल्मबाट प्रभावित छ । 
 
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । निडर, सन्की र बलियो पात्र शेरबहादुर फिल्मको प्रमुख पात्र हो । 
 
शेरबहादुरले आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाएका हुन्छन् । त्यही योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था फिल्मले चित्रण गरेको छ । फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् । 
 
 
‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । फिल्ममा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ । 
 
‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् । यो फिल्मको लगभग ८० प्रतिशत छायांकन एक भब्य सेट खडा गरेर खिचिएको हो ।