मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजय बन्दैछन् हकी कोच

एजेन्सी, मुम्बई, 2018/01/21
अजय देवगनका लागि गएको वर्ष निकै लक्की साबित भयो । ‘गोलमाल अगेन’ बक्स अफिसमा सुपरहिट हुँदा अजयको चर्चा ह्वात्तै बढेको छ । यस वर्ष उनी आफ्नो प्रोडक्शन हाउसबाट फिल्म ‘मराठी माणूस’ निर्माण गर्दैछन् । यस्तैमा एक खबर बाहिर आएको छ कि चाँडै एक नयाँ फिल्ममा अजय हकी कोचको भूमिकामा देखिँदैछन् । 
 
टाइम्स अफ इन्डियाका अनुसार, ‘मम’ फिल्मका निर्देशक रवि उदयावारले अजयलाई आफ्नो नयाँ फिल्ममा साइन गर्दैछन् । यो एक स्पोर्ट्स बेस्ड फिल्म हुनेछ, जसमा अजय एक हकी कोचको भूमिकामा देखिनेछन् ।  
 
 
रविले अजयलाई अनुवन्धित गर्ने विषयमा निर्माता बोनी कपूरसँग पनि कुराकानी गरिरहेका छन् । अजयले फिल्मको स्टोरी सुनिसकेका छन् र चाँडै उनले फिल्मलाई लिएर घोषणा गर्ने बताइएको छ । यदी, अजयले यो फिल्म गर्न तयार भएको खण्डमा पहिलो पटक उनी कुनै स्पोर्ट्स फिल्ममा देखिनेछन् । 
 
अजय अहिले फिल्म ‘रेड’ र ‘टोटल धमाल’ को छायांकनमा व्यस्त छन् । यसपछि आकिव अलीको एक अनटाइटल फिल्ममा उनी राकूल प्रीत सिंहको भूमिकामा देखिँदैछन् ।