मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

काठमाडौंमा सोहेलको प्रेस मिट, के भने ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/20
फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने ‘द ब्याङ टुर नेपाल’ को विषयमा जानकारी दिन बलिउडस्टार सलमान खानका भाई सोहेल खान काठमाडौं आएका छन् । दाईको सुरक्षा, बस्ने ठाउँ र कन्सर्ट हुने स्थानको चाँजोपाँचो मिलाउन उनी नेपाल आएका हुन् । होटल सोल्टी क्राउन प्लाजामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सोहेलले सलमान खान नेपाली फ्यानमाझ आफ्नो प्रस्तुति दिन आतुर रहेको बताए । 
 
सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्टले कार्यक्रम आयोजना गर्न लागेको हो । सोहेल भन्छन्, 'हामी त नेपाल आउन सधै इच्छुक थियौं । निम्तो आउनेबित्तिकै इन्ट्रेस्ट देखायौं । अध्ययन गर्‍यौं । सबै समूहको समयतालिका मिलाएर यसपालि आउन लागेका छौं । तर, चाँजो मिलाउनै एक वर्ष लाग्यो ।'
 
 
उनले नेपालको सौन्दर्यको पनि चर्चा गरे । 'नेपाल साह्रै सुन्दर देश । म करीब १४ वर्षको छँदा पहिलो पटक नेपाल आएको थिएँ । त्यो बेला रक्सौल हुँदै काठमाडौं आएको मलाई स्मरण छ । शैक्षिक भ्रमणका लागि काठमाडौं आउँदा यहाँको समाज र संस्कृति देखेर म निकै खुसी भएको थिएँ ।', उनले भने । 
 
उनले सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सानोन, डेजी शाह, मिट ब्रदर्स, मनीष पलजस्ता कलाकार नेपाल आउने पनि जानकारी दिए । उनी अगाडि भन्छन्, 'अक्षय कुमार, रणवीर कपुर र वरुण धवन पनि सुन्दर देश नेपालमा आफ्ना नेपाली फ्यानमाझ प्रस्तुति दिन इच्छुक थिए । तर, विभिन्न कारणले यो सम्भव भएन ।' 
 
ओडीसीका सीमान्त गुरुङले कन्सर्टबाट संकलित रकम समाज सेवामा खर्चिने बताए । उनले भने, 'भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको जानकारी दिन कन्सर्ट गर्न लागेका हौं ।' आयोजक संस्थाका अनुसार, ‘द ब्याङ टुर नेपाल’मा करीब ५० हजार दर्शक उतारिने छ ।