मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘प्याडम्यान’ रिलिज पोस्टपोन्ड, अब ‘कृ’सँग हुनेछ महासंग्राम

फिल्मीखबर, काठमाण्डौ, 2018/01/20
नेपालमा भारतीय फिल्मको दबदबा राम्रो छ । ठूला भनिएका बलिउड फिल्म प्रदर्शनमा आउँदा नेपाली फिल्म जुध्न डराउँछन् । केही दिन अगाडि 'पद्मावत'का कारण फिल्म 'ह्याप्पी डेज'को रिलिज सर्‍यो । यस्तै, '२.०' का कारण प्रदीप खड्का स्टारर फिल्म 'लिलिबिली' बैशाख १४ मा पुग्यो । 
 
यसले पनि के भन्छ भने नेपाली स्टार अझै पनि बलिउड फिल्मसँग जुध्ने हिम्मत जुटाउन सकिरहेका छैनन् । तर, युवा स्टार अनमोल केसी भने बलिउड फिल्मलाई पनि विस्थापित गर्न सक्ने अभिनेतामा पर्छन् । 
 
उनले अभिनय गरेका फिल्म प्रदर्शनमा आउँदा बलिउड फिल्मले नेपाली हलमा कम शो पाउने गरेका छन् । फिल्म 'ड्रिम्स' रिलिजको समयमा बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनीत फिल्म ‘जय गंगाजल’ ले नेपाली हलमा पानी सम्म भन्न पाएको थिए । यस्तै, माघ २६ मा अनमोल फेरि एकटक बलिउडका सुपरस्टार अक्षय कुमारसँग भिडन्त गर्दैछन् । 
 
 
जनवरी २५ मा 'पद्मावत' आउने भएपछि अक्षय कुमार अभिनीत फिल्म 'प्याडम्यान'को रिलिज डेट पोस्टपोन्ड भएको छ । अक्षयले शुक्रवार एक पत्रकार सम्मेलन गर्दै फिल्मलाई ९ फेव्रअरीमा रिलिज गर्ने घोषणा गरेका छन् । उनी नेपालीमा पनि राम्रो विक्ने अभिनेता हुन् । 
 
'एयरलिफ्ट', हाउसफुल 3, 'ट्वाईलेट : एक प्रेम कथा' जस्ता उनी अभिनीत फिल्मले नेपाली बजारमा राम्रो पैसा छापेका थिए । उनका फिल्मको प्रतिक्षा गर्ने दर्शक नेपालमा धेरै छन् । तर, यसपटक भने अक्षय कुमारलाई नेपालमा हलसम्म दर्शक तान्न मुश्किल देखिन्छ । कारण, यही मितिमा अनमोल केसी स्टारर फिल्म 'कृ' पनि रिलिज हुँदैछ । 
 
ट्रेलर र 'यति यति पानी' गीतले जसरी फिल्मको चर्चा चुलिएको छ यसबाट के अनुमान लगाउन सकिन्छ भने अक्षयलाई यसपटक नेपाल रिलिज सजिलो हुने छैन । अनि, अनमोललाई पनि अक्षयसँग भिड्नु चुनौतीपूर्ण नै देखिन्छ । अब सबैको ध्यान माघ २६ गते हुने अक्षय र अनमोलको भिडन्ततर्फ मोडिएको छ । यो महासंग्राम रोचक हुने त पक्का छ । 
 
सुरेन्द्र पौडेल निर्देशित फिल्म 'कृ'मा अनमोलसँगै अदिती बुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल लगायतका कलाकाहरुको अभिनय छ । सुवास गिरी र भुवन केसीले संयूक्त रुपमा यो फिल्म निर्माण गरेका हुन् ।