मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूकेको सडकमा साम्राज्ञी र धिरजको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2018/01/19


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भिसा स्वीकृत नहुँदा लामो समयदेखि सुरु हुन नसकेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ७५ प्रतिशत छायांकन सकिएको छ । केही हप्ता अगाडि मात्र नायिका शाह लन्डन उडेकी थिइन् ।

 

कोरियोग्राफर रेनाशा वान्तवा राईले पहिलो पटक निर्देशकको जिम्मेवारी सम्हालेको फिल्मको छायांकन स्थलबाटै फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर प्रस्तुत छन् । यो फिल्मको नेपाल छायांकन सम्पन्न भइसकेको छ भने यूके छायांकनको पहिलो तालिका पुरा हुँदैछ ।  फिल्ममा यूकेका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्माण टिमले बताएको छ ।

 

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा शारुक ताम्राकारको पनि मुख्य भूमिका छ ।

 


यसै वर्ष प्रदर्शनमा आएको ‘रानी’बाट शारुकले अभिनयमा डेब्यु गरेका थिए । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।   

 

बुझिए अनुसार, फिल्म यूनिट केही दिनमा नै नेपाल फर्किँदैछ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन बसन्त ऋतुको अवसर पारेर चैत वा बैशाखमा फेरि यूकेमा हुने निर्देशक रेनाशाले जानकारी दिइन् ।