मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

टर्‍यो सृष्टि र सौगातको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2018/01/18
अन्ततः कलिउडको 'क्यूट' प्रेम जोडी नायिका सृष्टि श्रेष्ठ र नायक सौगात मल्लको बक्स अफिस भिडन्त टरेको छ । फागुन ११ गते प्रदर्शनमा आउन लागेको सृष्टि अभिनीत फिल्म ‘रोमियो एण्ड मुना’को रिलिज डेट पोस्टपोन्ड भएपछि अब सो मितिमा सौगात स्टारर फिल्म ‘पञ्चेबाजा’ सोलो रिलिज हुने सम्भावना बढेको छ । 
 
पहिलो पटक पर्दामा रियल प्रेम जोडीको भिडन्त हुने खबरले केही दिन यता नेपाली सिनेवृत राम्रै तातेको थियो । 
 
निर्माता प्रशन्न गोपालीले ‘रोमियो एण्ड मुना’ को काम नसकिएका कारण प्रदर्शन मिति सारिएको जानकारी दिए । उनले भने, ‘भिएफएक्स र एनिमेशन सोचे जस्तो भएन । त्यसैले समय लिएर नै राम्रो काम निकाल्न फिल्मको प्रदर्शन मिति सार्नु पर्‍यो ।’ उनका अनुसार, अब यो फिल्म चैत २ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । 
 
 
फिल्ममा सृष्टि र विनय श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । 
 
शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् । 
 
फिल्ममा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ ।