मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालपुर्जा’ हेरेपछि सृष्टिले भनिन्, ‘सौगात बेष्ट’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/18
 
बिहीवारबाट मोफसलका हलहरुमा प्रदर्शन आरम्भ गरेको फिल्म ‘लालपुर्जा’को विशेष शोको आयोजना गरिएको छ । राजधानीको क्यूज सिनेमा हलमा गरिएको विशेष शोमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि अधिकांशले यसलाई मौलिक कथामा बनेको भन्दै प्रशंसा गरेका छन् । जग्गाका लागि दुई दाजु-भाईको झगडाको कथा बोल्ने फिल्ममा नायक द्वय सौगात मल्ल र विपिन कार्कीको अभिनयको सबैले तारिफ गरे । 
 
‘लालपुर्जा’ हेर्न पूर्वमिस नेपाल तथा सौगातकी प्रेमिका सृष्टि श्रेष्ठ पनि पुगेकी थिइन् । फिल्म हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो प्रेमी सौगातको तारिफ गर्न छुटाइनन् । उनले भनिन्, ‘सौगातको अभिनय बेष्ट । विपिनको अभिनय पनि निकै राम्रो लाग्यो । समग्रमा फिल्म हेर्न लायकको बनेको छ ।’ 
 
शुक्रवारबाट राजधानीका हलहरुमा प्रदर्शन हुने फिल्ममा नायिका सृष्टिको पनि केमियो छ । चर्चित लेखक कुमार नगरकोटी पनि विशेष भूमिकामा देखिएका छन् । फिल्ममा सौगात र विपिनका अलावा मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’का छायाँकार नरेन्द्र मैनाली हुन् । पटकथा भने सुजित बिडारीले तयार पारेका हुन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ ।