Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

वुद्दिलाई लिएर ‘चङ्गा’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/01/17
कलाकार वुद्दि तामाङ (हैट) को व्यस्तता दिन प्रतिदिन बढ्दो छ । एकपछि अर्को फिल्ममा अनुवन्धित भइरहेका वुद्दिले फेरि नयाँ फिल्म साइन गरेका छन् । ‘चङ्गा’ नामक फिल्ममा उनले मुख्य भूमिका निर्वाहा गर्ने भएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । 
 
हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशन रहने फिल्ममा वुद्दिका अलावा कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । 
 
 
फ्लोरमा जानु अगाडि नै ‘चङ्गा’को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । निर्देशक भण्डारीका अनुसार, यो फिल्म वर्ष २०७५, जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउनेछ । कमेडी जनरामा निर्माण हुने बताइएको फिल्मका कार्यकारी निर्माता प्रकु पाण्डे हुन् भने रिश्मा तिमल्सिना निर्मात्रीको रुपमा रहेकी छिन् । 
 
निर्देशक भण्डारी भन्छन्, ‘चङ्गा’ विशुद्ध नेपाली मनोरञ्जनात्मक फिल्म बन्दैछ । म 'डिट्ठा साब' भएर फिल्म बनाउँदै छैनँ मात्र किशोर भण्डारी भएर बनाउँदैछु ।’ यस्तै, फिल्मका लिड कलाकार राजन खतिवडाले फिल्ममा आफू कठिन मिहिनेत गर्न तयारी अवस्थामा रहेको बताए । 
 
रविन आचार्यले खिच्ने फिल्ममा राजनराज सिवाकोटी र कमल खत्रीको संगीत छ ।

 

Most Visited News (monthly)