
युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’को पहिलो गीत ‘इज इट लभ ?’ युट्युब ट्रेन्डिङ नेपालको पहिलो नम्बरमा आइपुगेको छ । इन्टरनेट रिलिजको झण्डै ४० घण्टामा यो गीतले युट्युबको शिर्ष स्थानमा आफूलाई उभ्याएका हो । साढे ६ लाख पटक हेरिसकिएको गीतलाई १२ हजार बढी लाइक्स मिलेको छ ।
१ हजार ९ सय बढी कमेन्टमा भिडियोलाई अधिकांशले उत्कृष्ट भनेका छन् । लोकेशनको सबैले तारिफ गरेका छन् । नायक प्रदीप र नव-नायिका जसिता गुरुङको केमेष्ट्रीलाई पनि निकै रुचाइएको छ । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।
यो गीतमा प्रताप दास र मेलिना राईले आवाज दिएका छन् । एलिस कार्कीले संगीत भरेको गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका हुन् । फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरु पनि अभिनय छ । स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा फिल्मको छायांकन गरिएको हो ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको लभ स्टोरी जनराको यो फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई मिलन चाम्ससले निर्देशन गरेका हुन् ।
भिडियो :-

