मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मरिष्का कसकी ‘साली’ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/01/17
 
१ करोड लागतमा निर्माण हुन लागेको फिल्म ‘साली कस्को भेनाको’को मुहर्त गरिएको छ । मंगलवार चितवनमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले क्याल्प ठोकेर फिल्मको मुहर्त गरे । नायिका मरिष्का पोख्रेल र नव-नायक देव सागर बि.सीले 'मुहर्त सट' दिँदा उद्योग बाणिज्य संघ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेले क्यामराको स्विच अन गरे भने लेखक पुष्प आचार्यले नरिवल फुटाए । 
 
निर्माता प्रसाद श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई भद्र भुजेलले निर्देशन गर्नेछन् । निर्माता श्रेष्ठले यसअघि 'कर्जा', 'कान्छी', 'सन्तान' जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । 
 
फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, देव सागर, मरिष्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
 
मानविय समबेदनामाथि निर्माण गरिन लागिएको यो फिल्म कमेडी तथा पारिवारिक बताइएको छ । मगर समुदायको संस्कृतिमा साली र भेनाबीचको सम्बन्धलाई फिल्ममा देखाइनेछ । ‘साली कस्को भेनाको’को छायांकन चितवन र धम्पुसमा हुनेछ । पुष्प आचार्यको कथा रहेको यस फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहेको छ । 
 
दिर्घ गुरुङको छायांकन रहने फिल्ममा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामाको नृत्य निर्देशन रहनेछ । फिल्मलाई सुनिल कुमार न्यात्स्यो, बिशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन् ।