मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम डान्स

फिल्मीखबर, काठमाण्डौ, 2018/01/16
 
नामको कारण नै चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’को इन्डक्ल्याप भएको छ । नायिका छुल्ठिम गुरुङमाथी फिल्मांकन गरिएको एक आइटम गीत खिच्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक विशारद बस्नेतले जानकारी दिए । छुल्ठिमसँगै गीतमा नायक गौरव पहारी र कमलमणि नेपालले पनि ठुम्का लगाएका छन् । 
 
१ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ । फिल्ममा गौरव र कमलमणीका अलावा मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । 
 
‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ । 
 
 
२०७५ सालको बैशाखको अन्तिम साता प्रदर्शनमा ल्याइने फिल्मलाई वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले निर्माण गरेको हो । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।