मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड फिल्मबाट ‘शेरबहादुर’ प्रभावित

फिल्मीखबर, काठमाण्डौ, 2018/01/16
 
माघ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘शेरबहादुर’ एक अंग्रेजी फिल्मबाट प्रभावित भएको निर्माण टीमले स्वीकार गरेको छ । मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फिल्मका मुख्य कलाकार सुनिल थापाले अंग्रेजी फिल्मबाट प्रभावित भएपनि ‘शेरबहादुर’लाई नेपालीपनमा जोड दिएको बताए । 
 
उनले भने, ‘हामीलाई धेरै आरोप लागेको छ कि ‘शेरबहादुर’ अंग्रेजी फिल्मबाट प्रभावित छ । हो, तर दर्शकले फिल्म हेरेपछि त्यो महशुस गर्नुहुन्न । विल्कुलै फरक बनाएका छौं । यो एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । मेरै वरिपरि फिल्म घुमेको छ । एक अन्धो मानिसको भूमिका मैले निर्वाहा गरेको छु ।’ 
 
उनले आफ्नो लागि ‘शेरबहादुर’ 'माइलस्टोन' सावित हुनेमा पनि विश्वस्त रहेको बताए । फिल्ममा थापाले ‘शेरबहादुर’को भूमिका निर्वाहा गरेका छन् । 
 
नायक कर्माले फिल्ममा आफ्नो भूमिका फरक रहेको बताए । पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘गुण्डा र लभरव्वाईको भूमिकामा मलाई दर्शकले देखिसक्नुभएको छ । यसमा यी दुवै भूमिका मिश्रित छ ।’ नायिका मेनुका प्रधान पनि आफूलाई ‘शेरबहादुर’बाट ठूलो आश रहेको बताइन् । 
 
यस्तै, अर्का प्रमुख कलाकार रविन्द्र झाले फिल्म गर्दाको समयमा आफूलाई रियलमै डर लागेको बताए । उनी भन्छन्, ‘कुनै-कुनै दृश्यमा म आफैं डराएको थिएँ । हामीले सोचेको जस्तो फिल्म बनाउन सफल भएका छौं । दर्शकले हेरुन्जेल भरपुर मनोरञ्जन लिनेछन् ।’ 
 
टीजर हेर्नुहोस् :-

 
फिल्मका सह-निर्देशन प्रदीप भट्टराईले 'शेरबहादुर' अंग्रेजी फिल्मबाट प्रभावित भएपनि दर्शकले त्यो महशुस गर्न नपाउने बताए । उनी भन्छन्, ‘हामीले नेपालीपन मिसाएर फिल्म बनाएका छौं । दर्शक खुसी हुनुहुन्छ भन्नेमा ढुक्क छौं ।’ यो फिल्मको लगभग ८० प्रतिशत छायांकन एक भब्य सेट खडा गरेर खिचिएको हो । 
 
‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।