मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत १६ मा पुग्यो ‘ह्याप्पी डेज’

फिल्मीखबर, काठमाण्डौ, 2018/01/16
माघ १२ गतेबाट रिलिज डेट पोस्टपोन्ड भएको फिल्म ‘ह्याप्पी डेज’ अब चैत १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बलिउडका दुई ठूला फिल्म ‘पद्मावती’ र ‘प्याडम्यान’ एकै मितिमा प्रदर्शन हुने भएपछि ‘ह्याप्पी डेज’ पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन । 
 
निर्देशक मिलन चाम्सका अनुसार, अब चैत १६ गतेबाट फिल्मको रिलिज फेरबदल हुने छैन । हालसम्म यो मितिमा अन्य कुनै पनि नेपाली फिल्मले प्रदर्शन मिति कन्फर्म नगरेका कारण ‘ह्याप्पी डेज’ सोलो रिलिज हुने सम्भावना प्रवल छ । 
 
दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई रामकुमार केसीले खिचेका हुन् ।
 
 
रोमान्टिक ड्रामा मिश्रित ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । 
 
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।