मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलमान आफैंले तोडे ‘बजरंगी भाईजान’को रेकर्ड

एजेन्सी, मुम्बई, 2018/01/16
 
सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा हे’ २२ डिसेम्बरमा रिलिज भएको थियो । फिल्मले प्रदर्शनको चार हप्तामा कूल ३ सय २५ करोडको विजनेश गरेको छ । सलमान खानले आफू अभिनीत फिल्म ‘बजरंगी भाईजान’को रेकर्ड समेत तोडेका छन् ।
 
‘बजरंगी भाईजान’को लाइफटाइम बक्स अफिस कलेक्सन ३ सय २० करोड थियो । अब ‘टाइगर जिन्दा हे’ सलमानको सबैभन्दा बढी कलेक्सन गर्ने पहिलो फिल्म बनेको छ । ‘टाइगर जिन्दा हे’ले ३ सय २५ करोड ७१ लाख कमाउँदै ‘बजरंगी भाईजान’लाई पछाडि छाडेको हो ।
 
योे हप्ता सिनेमाघरमा तीन फिल्म 'मुक्काबाज', 'कालाकान्डी' र '१९२१' रिलिज भएका थिए । तर, यी फिल्मले सलमानको फिल्म हेर्ने दर्शकको संख्या घटाउन सकेको छैन । निर्देशक अली अब्बाज जफरको यो फिल्मबाट करीब ५ वर्षपछि सलमान र  कैटरीनाले 'विग स्कृन'मा कमब्याक गरेका हुन् । 
 
अंगद बेदी, परेश रावल, अनुप्रिया, कुमुद मिश्रा, सुदीप संजीवको पनि फिल्ममा मुख्य भूमिका छ । विशाल-शेखरको संगीत रहेको फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । ‘टाइगर जिन्दा हे’को तेस्रो सिक्वेलको समेत निर्माण घोषणा भइसकेको छ ।