मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कम उमेरको हिरोसँग रोमान्स गर्दा पहाड बग्छ ? : प्रियंका कार्की

फिल्मीखबर, काठमाण्डौ, 2018/01/16
लगातार बक्स अफिसमा फिल्म असफल भएपनि नायिका प्रियंका कार्कीको व्यस्ततामा रत्ति कमी आएको छैन । एकपछि अर्को फिल्म उनको हातमा टुटेको छैन । यस्तै, बैशाख १४ गते उनी अभिनीत बहुप्रतिक्षीत फिल्म 'लिलिबिली' प्रदर्शनमा आउँदैछ ।
 
युवा स्टार प्रदीप खड्का लिड रोलमा भएका कारण पनि दर्शकमाझ यो फिल्म निर्माण अगावैदेखि प्रतिक्षीत बनेको थियो । यसअघि फिल्ममा प्रियंकाको ठाउँमा रेविका गुरुङ थिइन् । तर, बेलायती दूतावासले पटक-पटक भिसा अस्वीकृत गरेपछि उनको स्थान प्रियंकाले लिएकी हन् ।
 
प्रियंका र प्रदीपको जोडी पर्दामा बाँधिने खबर जब बाहिरियो तब धेरैले स्क्रिनमा दिदी-भाई देखिने भन्दै खुब आलोचना गरे । २६ वर्षका प्रदीप र ३० वर्षकी प्रियंकाको जोडी फिल्ममा कस्तो होला ? यो यतिबेला सबैलाई चासोको विषय बनेको छ । 
 
 
हुनत, यसअघि प्रियंकाले आफूभन्दा कम उमेरका रियल प्रेमी आयुष्मान देशराज जोशीसँग फिल्म 'कथा काठमाण्डू'मा काम गरिसकेकी छिन् ।
 
सोमवार 'लिलिबिली'को गीत रिलिज कार्यक्रममा उनीमाथी पत्रकारको प्रश्न तेर्सियो- ‘कम उमेरको नायकसँग काम गर्दा कस्तो अनुभव रह्यो ?’ उनले उल्टै पत्रकारलाई नै प्रश्न गरिन्, ‘जब एउटा अभिनेताले कुनै २० वर्ष कम उमेरको नायिकासँग काम गर्छ तब यो प्रश्न किन उठ्दैन ?’ 
 
उनले अगाडि भनिन्, ‘यो ठूलो कुरा होइन । आफूभन्दा कम उमेरको नायकसँग काम गर्दा पहाड नै खोलाले बगाएर लान्छ जस्तो मलाई लाग्दैन । हामीले आफ्नो भूमिका न्यायपूर्वक निर्वाहा गर्ने हो ।’
 
प्रियंकाको छेवैमा बसेर मन्द मुस्कान छाडिरहेका नायक प्रदीपले थपे, ‘म उहाँभन्दा कम उमेरको भए पनि सँगै काम गर्दा मैले आफूलाई उहाँकै उमेरको महशुस गरेको थिएँ ।’ प्रदीपको यो जवाफ सुनेपछि प्रियंकाले आफ्नो हाँसो रोक्न सकिनन् ।