मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अश्लेषाप्रति प्रदीपको यस्तो व्यंग्य !

फिल्मीखबर, काठमाण्डौ, 2018/01/15
 
युवा स्टार प्रदीप खड्कालाई पैसा छाप्ने मेशिन भनिन्छ । 'प्रेमगीत' र 'प्रेमगीत २' को सफलतापछि उनले यो ट्याग पाएका हुन् । बलियो स्टारडम बोकेका प्रदीप अभिनीत नयाँ फिल्म 'लिलिबिली' बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
प्रत्येक फिल्ममा नयाँ-नयाँ नायिकासँग रोमान्स गरेका प्रदीपले यो फिल्ममा पनि नव-नायिका जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् । फिल्ममा नायिका प्रियंका कार्की पनि लिड रोलमा छिन् । बेलायती दूतावासले पटक-पटक भिसा अस्वीकृत गरेपछि फिल्मबाट रेविका गुरुङ बाहिरिएकी थिइन् । त्यसपछि उनको ठाउँमा नायिका प्रियंका भित्रिएकी हुन् ।
 
फिल्ममा प्रदीप र प्रियंकाको रोमान्स पनि हेर्न पाइनेछ । जब प्रियंका र प्रदीपको जोडी बाँधिने खबर आयो तब कतिले जोडी फिट नहुने बताए त केहीले तारिफ पनि गरे । सोमवार फिल्म 'लिलिबिली'को गीत सार्वजनिक कार्यक्रममा प्रदीपले आफू कहिले पनि नायिका छनौटमा निर्माण टीममाथी हाबी हुने नगरेको बताए ।
 
प्रदीपले पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘म कहिले पनि नायिका छनौटमा निर्माण टीमलाई दबाब दिने गर्दिनँ । मेरा यसअघिका फिल्ममा पनि हेर्न सक्नुहुन्छ ।’ उनले यति भनेपछि क्यूज हल तालीले गुञ्जियो । प्रदीप पनि मुसुमुसु मुस्कुराए ।
 
उनले 'प्रेमगीत २' की नायिका अश्लेषा ठकुरीमाथी यो व्यंग्य प्रहार गरेको अनुमान लगाउन गाह्रो थिएन । 'प्रेमगीत २' हेरेपछि अधिकांश दर्शकले प्रदीपसँग हिरोइन नसुहाएको प्रतिक्रिया दिएका थिए । 
 
 
उनको यो जवाफबाट 'प्रेमगीत २' मा हिरोइन छनौट सही नभएको प्रष्ट हुन्छ । 'प्रेमगीत'मा पनि नायिका पूजा शर्मासँग उनको जोडी नसुहाएको चर्चा चलेको थियो ।
 
प्रदीप अगाडि भन्छन्, ‘प्रियंकासँग काम गर्दा मलाई सहज भयो । कथा अनुसार नै प्रियंका फिल्ममा भित्रिएकी हुन् ।’ यो फिल्मका निर्देशक मिलन चाम्स हुन् ।